वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व द्वादशी - १२
वि.सं. २००७ सालमा शिक्षा मन्त्रालयको स्थापना हुनु भन्दा अघिदेखि नै शैक्षिक प्रशासन सञ्चालनको लागि इन्सपेक्टर अफ स्कूल अफिसको नामबाट शुरु भएको शैक्षिक प्रशासनको संरचनामा जिल्ला विद्यालय निरिक्षक कार्यालय, जिल्ला शिक्षा निरिक्षकको अफिसको नामबाट सञ्चालन भएको थियो ।
राष्ट्रिय शिक्षा पद्धतिको योजना २०२८ को कार्यान्वयन संगसंगै ७५ जिल्लामा जिल्ला शिक्षा कार्यालय स्थापना भए ।
नेपाल सरकारको २०७४/१२/२७ को निर्णय अनुसार संघीयता कार्यान्वयन गर्न जिल्ला शिक्षा कार्यालयहरुको खारेजी भयो । ती कार्यालयहरुले गर्दै आएका काम कर्तब्य अधिकार संबैधानिक रुपमा ७५३ वटा स्थानीय तहहरुमा निर्णय गर्ने अधिकार, प्रशासनिक अधिकार र आर्थिक अधिकार सहित हस्तान्तरण भएको छ ।