वि.सं:
नेपाल संवत: ११४५ गुलाथ्व दशमी - १०
सबै दिब्य आत्माहरुमा सादर नमन !
संस्कार र सीपयुक्त शिक्षा हामी सबैको इच्छा
शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरको आयोजना जिल्ला प्रशासन कार्यालय भक्तपुको र योग जिल्ला समन्वय समिति र स्थानीय तहको समन्वय र सहकार्यमा नेपालको पहिलो योग जिल्ला भक्तपुर जिल्कालाका सम्पूर्ण सामुदायिक विद्यालयहरुमा योग शिक्षा कार्यक्रम शुरुवात गर्न लागेको कुरा सबै सरोकारवालाहरुमा जानकारी गराउन चाहान्छौ । उक्त कार्यक्रमको उद्घाटन माननिय शिक्षा विज्ञान तथा प्रविधि मन्त्री ज्यूको प्रमुख आतिथ्यतामा मिति २०८२/२/३१ गते शनिवार विहान ६.३० बजे श्री आर्दश मावि सानोठिमीको प्राङगणमा हुन गइरहेकोले सम्बन्धित सामुदायिक विद्यालयका प्रअज्यु विद्यालय ब्यवस्थापन समितिका अध्यक्षज्यु तथा १/१ जना याेग शिक्षकहरु र भक्तपुर चाँगुनारायण सुर्नयविनायक र मध्गयपुर नगपालिका प्रमुख उपप्रमुख जनप्रतिनिधीहरु शिक्षा युवा तथा खेलकुद शाखा शिक्षकका पेशागत संघ संगठनका प्रमुख तथा प्रतिनिधि नेपाल पत्रकार महासंघ , अभिभावकका प्रमुख तथा प्रतिनिधि तथा नगरपालिका महासंघ लगायतका सबै शिक्षाका केन्द्रिय निकायका प्रमुख तथा शिक्षा विकास तथा समन्वय इकाइहरुलाइ समेत उपस्थितिको लागी सादर अनुरोध गर्दछौ । विद्यालयमा योग शिक्षाा शुरुवात गर्ने भक्तपुर पहलो जिल्ला हुने र भक्मातपुरमा लागु भएको विद्यालयमा योग शिक्षा कार्यक्रम अन्य जिल्ला हरुको लागि नमूना कार्यक्रम हुनेछ । यस अभियानमा सबैको साथ सहयोग रहने विश्वास गरिएको छ । सबैको जय होस् ।