परिचय

शिक्षा विकास तथा समन्वय एकाइ

शिक्षा विकास तथा समन्वय एकाइ (EDCU) संङ्घीय सरकारको जिल्ला स्तरीय संरचना हो।यस एकाइले सङ्घीय,प्रादेशिक र स्थानीय तहबीच समन्वय गर्ने काम गर्दछ।विद्यालय शिक्षाको नियमन,शिक्षक व्यवस्थापन,परीक्षा सहजीकरण र छात्रवृत्तीको कार्यक्रम कार्यान्वयन गर्ने यस एकाइका प्रमुख कार्य रहेका छन्।

साविकका जिल्ला शिक्षा कार्यालयलाई नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४।१२।२७ को निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय अन्तर्गत रहने गरी शिक्षा विकास तथा समन्वय इकाइको रुपमा कायम गरिएको थियो।नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७५।९।९ तथा मिति २०८३।४।११को निर्णानुसार शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत संघीय कार्यालयको रुपमा देशका सबै जिल्लाहरुमा रहने गरी हाल शिक्षा विकास तथा समन्वय एकाइको व्यवस्था गरिएको छ।

यस एकाइबाट जिल्लाको शैक्षिक व्यवस्थापन, जिल्लामा स्थायी शिक्षकको नियुक्ति तथा सरुवा सम्बन्धी कार्य, शिक्षकको कार्य सम्पादन मुल्याङ्कन, सेवा निवृत्त शिक्षकको सुविधा सिफारिस तथा कक्षा १०र १२ को परीक्षा सञ्चालन व्यवस्थापन र शिक्षक सेवा आयोगबाट प्रत्यायोजित कार्यहरु समपादन हुने गरेका छन्।यसको साथै जिल्लामा अन्तर स्थानीय तह तथा निकाय समन्वय र सहजीकरण तथा विद्यालय शिक्षाको विकासका लागि जिल्लास्तरमा सञ्चालन हुने र हुन सक्ने कार्यक्रमहरुको लागि प्राविधिक सहयोग र समन्वय गर्ने कार्य समेत यस शिक्षा विकास तथा समन्वय एकाइले गर्दै आएको छ।यसका साथै शिक्षा विकास तथा समन्वय एकाइका अन्य कार्यहरु यसप्रकार रहेका छन्।

१.संघीय शिक्षा कानून, नीति तथा राष्ट्रिय पाठ्यक्रम प्रारुपको प्रबोधीकरण र  कार्यान्वयन गर्ने

२.संघीय,प्रदेश र स्थानीय तहका सरकारहरुसंग शिक्षा सम्बन्धी कामहरुमा समन्वय गर्ने

३.शिक्षकको नियुक्ति, सरुवा, बढुवा र अवकाश व्यवस्थापन गर्ने  

४.निवृत्त शिक्षकको निवृत्तिभरण (पेन्सन) र उपदान सम्बन्धी काममा सहजीकरण गर्ने

५.माध्यमिक शिक्षा परीक्षा (SEE) लगायत जिल्ला स्तरीय परीक्षा सञ्चालन र व्यवस्थापनमा सहयोग तथा अनुगमन गर्ने

 ६.शैक्षिक प्रमाणपत्रमा नाम थर उमेर र हिज्जे संशोधनका लागि    सिफारिस गर्ने वा आवश्यक कार्यसम्पादन गर्ने

७.विपन्न लक्षित छात्रवृत्ति र द्वनद्वपिडित छात्रवृत्ति कार्यक्रमको व्यवस्थापन तथा  वितरण गर्ने

८.विद्यालयहरुको शैक्षिक गुणस्तर,पाठ्यपुस्तक उपलब्धता र प्रारम्भिक बालविकास कार्यक्रमको अनुगमन गर्ने

९.जिल्लाभित्रका सामुदायिक संस्थागत र धार्मिक विद्यालयहरुको विवरण संकलन गरी एकीकृत तथ्याङ्क व्यवस्थापन IEMIS मा अध्यावधिक गर्ने

१०.विद्यार्थी तथा विद्यालयको व्यक्तिगत सूचना अद्यावधिक संरक्षण र नियमन गर्ने

११.शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विभागले तोकेका अन्य कार्य